पोर्चुगल : कोरोना उपचारमा खटिएका ७६४ स्वास्थ्यकर्मी संक्रमित !

लिस्बन।

पोर्चुगलमा ७६४ स्वास्थकर्मीहरु कोरोना संक्रमित भएका छन्।

पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले आज गरेको पत्रकार सम्मेलनमा कोरोना संक्रमितहरुको उपचारमा स्वस्थ्यकर्मीहरुले दिएको योगदान र उनीहरुको चुनौतीका बारेमा प्रकाश पारिएको छ।

विपदको यो अवस्थामा स्वास्थकर्मीहरुलाई सहयोग गर्न र आफ्नो ज्यानको सुरक्षा गर्न सर्वसाधरणलाई घरमै बसेर कोरोना रोकथाममा सहयोग गर्न अनुरोध गर्दै सो तथ्यांक सार्वजनिक गरिएको हो।

कोरोना संक्रमितहरुको उपचार गर्दैगर्दा यतिठुलो संख्यामा स्वस्थाकर्मीहरु संक्रमित भएपछि पोर्चुगलमा स्वास्थकर्मीहरुको कमी देखिएको छ। अवकाश प्राप्त स्वास्थकर्मीहरु र मेडिकल बिद्यार्थीहरुलाई सहयोग गर्न सरकारले अनुरोध गरेको छ।

पछिल्लो तथ्यांक अनुसार पोर्चुगलमा ५१७० संक्रमित छन् भने १०० जनाको ज्यान गईसकेको छ। संक्रमितहरुमध्ये ८९ जना सघन कक्षमा उपचार भईरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार