लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ५९६२ पुगेको छ भने हालसम्म ११९ को मृत्यु भएको छ।
कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप १९ जनाले ज्यान गुमाएका छन् भने ७९२ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पछिल्लो ३ दिनदेखि रिकभर हुनेको संख्या शुन्य रहेको छ। हालसम्म कोरोना संक्रमणबाट उपचार पश्चात् निको हुनेको संख्या ४३ यथावत् छ।
५५०० को स्वास्थ्य परिक्षण पश्चात् ल्याबको नतिजाको पर्खाइमा छन्।
कोरोना संक्रमित ४८६ जान बिरामीको अस्पतालमा उपचार भईरहेको छ भने १३८ जना सघन कक्षमा छन्।
#In update
















