लिस्बन।

लिस्बनका लागि अवैतनिक नेपाली वाणिज्यदूतावासले कोरोना महामारीबाट स्वास्थ्य समस्या तथा आकस्मिक आपत विपतमा परेका नेपालीलाई सहयोग र परामर्श गर्ने जनाएको थियो । सहयोगका लागि वाणिज्यदूतावासले अप्ठेरोमा परेका नेपालीलाई सिधै सम्पर्क गर्न मोबाइल नम्बर समेत उपलब्ध गराएको थियो। तर हालसम्म कुनै पनि नेपालीले विपदमा सहयोगका लागि सम्पर्क नगरेको वाणिज्यदूतावासले जनाएको छ।
नेपाली वाणिज्यदूतावास लिस्बनका प्रतिनिधी मोहन थापाले भोइस अफ नेपालसँग भने , ” हालसम्म विपदमा परेर सहयोगको लागि कुनै नेपालीले लागि सम्पर्क गरेका छैनन्। बाणिज्यदुतावासले अप्ठेरोमा परेका नेपालीहरुलाई परामर्श र सहयोगको लागि आग्रह गरेयता एक जना नेपालीले मात्रै सुझावको लागि सम्पर्क गरेका छन्। बाणिज्य दुतावास अति आवश्यक कागजपत्रको कामका लागि खुल्ला छ। हामी सहयोग र सहकार्यका लागि कटिबद्ध छौ। ”
पोर्चुगलमा कोरोनाको संक्रमण फैलिनासाथ बाणिज्य दुतावास लिस्बनले सतर्कताका लागी अनुरोध गर्दै सहयोग चाहिएमा सम्पर्क गर्न आग्रह गरेको थियो।
पोर्तुगलमा रहने नेपालीहरुले सहयोग र परामर्श लागि सम्पर्कका गर्नुपरेमा सिधै मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न सकिने बाणिज्य दुतावासले जनाएको छ।
















