रमेश कँडेल, बेल्जियम।

बेल्जियममा हालसम्म १०८३६ जना कोरोना भाईरसबाट संक्रमित छन् भने ज्यान गुमाउनेहरुको संख्या ४३१ पुगेको छ।
बेल्जियममा गत २४ घन्टामा १७०२ जनालाई कोरोना भाईरस लागेको बताईएको छ भने ७८ जनाको मृत्यु भएको छ।
हालसम्म संक्रमितहरु मध्ये ६३८१(५९%) Vlaanderen, ३१८७ (२९%) Walloniē, १०६५ (१०%) Brussel र ठेगाना थाहा नभएको २०३ (२%) छन्।
गत २४ घन्टामा ६२९ कोरोना संक्रमितहरुलाई अस्पतालमा भर्ना गरिएको छ भने २९६ जना उपचारपछी घर फर्किएका छन्।
१५ देखी २८ मार्च सम्म ४५४२ जना COVID-19 संक्रमितहरुलाई हस्पिटल भर्ना गरिएकोमा १३५९ जना घर फर्किएका छन्।
अहिले ४१३८ जना हस्पिटलमा छन् भने ८६७ आइसियु मा छन्।
बेल्जियमको पर्यटकिय क्षेत्रले करिब ७५० मिलियन युरो यो संक्रमणकालमा गुमाउनु परेको बताईएको छ। यो समयमा घर मर्मत गर्न पाईने छ। तर सोसल डिस्ट्यान्सको पालना गर्नुपर्ने हुन्छ। यस समयमा लोटरी टिकटको बिक्री पनि ३० प्रतिसतले घटेको छ।
यदी लोटरी जितेमा २० हप्ता बाट बढाएर ३० हप्ता सम्ममा दाबिगर्न सकिने बनाएको छ। लोटरी परेमा लोटरी अफिसमा फोन गरेमा घरमै आएर टिकट लैजाने पनि लोटरी कम्पनिले बनाएका छन्।
अहिले बेल्जियमको प्रहरीहरुले बिभिन्न ठाँउमा चेकपोस्टहरु राखेका छन्। कुनै उचित कारण बिना तथा आवस्यक कागजहरु बिना आवतजावत गर्नेहरुलाई प्रहरीहरुले जरिवाना गर्न थालेका छन्।
बेल्जियममा आफ्नो अभिभावक भेटेर फर्केकी बाग्लुङकी एक युवतीलाई नेपाल फर्कदा कोरोना संक्रमित भएकोले अस्पतालमा राखिएको छ। उनी केही समय बेल्जियम बसेर कतार हुदै नेपाल फर्किएकी थिईन। पारिवारीक श्रोतका अनुसार उनी नेपालजाने क्रममा संक्रमित भएको हुनसक्ने बताएका छन् भने परिवारले उनको नाम गोप्य राखिदिन अनुरोध गरेको छ।
















