सेफको सम्पूर्ण सार्वजनिक सेवा अस्थायी रुपमा बन्द : अत्यन्त जरुरी सेवा फोन वा इमेल मार्फत सम्पर्क गर्न सकिने , के-के हुन् अत्यन्त जरुरी सेवा ?

लिस्बन ।

कोरोना भाइरस महामारीका कारण सीमा तथा विदेशी हेर्ने निकाय सेफले आफ्ना सार्वजनिक सेवा अस्थायी रुपमा बन्द गरेको छ । आइतबार एक सूचना प्रकाशन गर्दै सेफले सार्वजनिक सेवा बन्द गरेको जनाएको हो ।

सूचनामा सेफमा कार्यरत कर्मचारी र सेवाग्राहीहरुको स्वास्थ्यको जोखिमलाई मध्यनजर गर्दै मार्च ३० देखि सार्वजनिक सेवा बन्द गरिएको जनाएको छ । यस अघि अपोइन्टमेन्ट भएकाहरुलाई अर्को चोटीका लागि सेफले पुन: जानकारी गराउने सूचनामा उल्लेख छ ।

सार्वजनिक सेवा बन्द रहे पनि अत्यन्त जरुरी अपोइन्टमेन्ट लिन सकिने सेफले जनाएको छ । अत्यन्त जरुरी अपोइन्टमेन्ट के के हुन् ?

१. अत्यन्त जरुरी अपोइन्टमेन्ट लिन देशबाहिर यात्रा गर्नुपर्ने, जानुपर्ने अर्थात देश छोड्नुपर्ने जरुरी कारण पेश गर्नुपर्नेछ ।
२. जसका कागजात चोरी भएका वा हराएका छन् उनीहरुले पनि अत्यन्त जरुरी अपोइन्टमेन्ट लिन सक्ने छन् ।

फोन र ईमेलमार्फत सेफले अपोइन्टमेन्टको समय, मिति र ठाउँको जानकारी दिने कुरा सूचनामा उल्लेख छ ।

सेफलाई ८०८ २०२ ६५३ र ८०८ ९६२ ६९० गरी दुई नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

त्यसैगरी ईमेल gricrp.cc@sef.pt मा पनि सेफको कार्यालयसँग सूचना आदानप्रदान गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार