लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ६४०८ पुगेको छ भने हालसम्म १४० को मृत्यु भएको छ।
कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २१ जनाले ज्यान गुमाएका छन् भने ४४६ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पछिल्लो चार दिनदेखि रिकभर हुनेको संख्या शुन्य रहेको छ। उपचार पश्चात् हालसम्म ४३ जना मात्रै रिकभर भएका छन्।
#In Update
















