स्पेनमा कोरोना संक्रमणबाट १० नेपाली अस्पताल भर्ना, एकको अवस्था गम्भीर : कोरोनाबाट मृत्यु हुनेको संख्या ७३४० नाघ्यो !

दिपेन्द्र गजुरेल, स्पेन ।

स्पेनमा कोरोना भाइरसबाट १० जना नेपालीहरु संक्रमित भई अस्पतालमा उपचार भईरहेको छ भने एक जना सघन कक्षमा उपचार्थ छन् । स्पेनको बार्सिलोनामा कोरोना संक्रमणले माहामारीको रूपमा फैलिदै गरेको समयमा पास्नी तथा विभिन्न कार्यक्रमहरूमा संक्रमितहरूको सम्पर्कले नेपालीहरूको संख्या बढ्न सक्ने सामाजिक अभियान्ताहरूको अनुमान रहेको छ । स्पेनभर तिब्रगतिमा फैलिएको कोरोनाबाट अस्थाई बसोबास अनुमतिपत्र नपाएका नेपालीहरू भने मारमा परेकाछन् ।

स्पेनको स्वास्थ्य मन्त्रालयले सोमबार अपरान्ह जारी गरेको तथ्यांक अनुसार ८५ हजार १ सय ९५ जना संक्रमित रहेको जनाएको छ ।विश्वभर फैलिएको (कोभिड १९) कोरोना भाइरसको महामारीका कारण स्पेनमा ७ हजार ३ सय ४० जनाको मृत्यु भैइसकेको छ ।

यस्तै, ४६ हजार ६ सय जनाको उपचार भइरहेको छ भने ५ हजार २ सय ३१ जना सघन कक्षमा उपचार उपचाररत छन् । संक्रमित मध्ये १६ हजार ७ सय ८० जना सफल उपचारपछि घर फर्किएका छन् ।

यसैगरी स्पेनभर उपचार्थ स्वास्थ्यकर्मीहरू भने १२ हजार ३ सय जना प्रभावित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसले आज मार्च ३० देखि ९ अप्रिल सम्म अत्यावश्यक काम बाहेकका सम्पुर्ण क्षेत्रहरूलाई बन्द गर्ने छुट्टै कानुन समेत बनाएर लागु गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार