भोला लामिछाने।

एनआरएन अभियन्ता तथा व्यवसायी कुल आचार्यले लन्डनमा रहेका अस्पतालहरुमा निशुल्क खाना वितरण गरेका छन्।
बिगत लामो समयदेखी बेलायतमा व्यवसाय गर्दै विभिन्न संघ संस्थामा आवद्द भई सामाजीक कार्य समेत गर्दै आएका व्यवसायी एवं समाजसेवी आचार्यले लन्डनमा रहेको होलीकाउ मार्फत आफ्ना विभिन्न शाखाहरूबाट नजिकै रहेका अस्पतालका स्वास्थ्यकर्मीहरूलाई निःशुल्क खाना वितरण गरेका हुन् ।

कोरोना को माहामारीबाट आक्रान्त बनेको विश्व समुदायमा अधिकांश मानिसहरूका आफन्ना पेशा ब्यबसाय यतिबेला ठप्प छन् । संसारका सबै जसो देश लक डाउनमा छन्। समुदाय घरभीत्र सिमीत छन् । बेलायतमा पनि लक डाउन छ । यसको असर हरेक क्षेत्रमा परेको छ ।बिशेषगरी अस्पतालहरूमा बिमारीहरूको घुईचो छ , अस्पतालका कर्मचारीहरू दिनरात नभनी जोखिम लिएर बिरामीको सेवामा निरन्तर खटिरहेका छन् । यस्तो बेलामा उहाहरूलाई निःशुल्क खाना खुवाउने कार्य हामीले सोच्यौ र हाम्रा नजिकका शाखाहरुका अस्पतालहरूका स्वास्थ्यकर्मीहरूलाई खाना खुलाएका हौ. ” होलीकाउ ग्रुपका संचालक तथा अध्यक्ष आचार्यले बताए ।
” पैसा र जोखिमलाई भन्दा एनएचएसका स्टाफ, प्रहरी, यातायात लगायतका अत्यावश्यक सेवा जस्तै आफुहरुले पनि यो संकटको घडीमा ग्राहकहरुलाई घरघरमा खाना पुर्याएर सेवा पुर्याएका छौ ” आचार्यले बताए ।

कोरोना महामारीको संकटमय अवस्थामा लन्डनमा नेपाली व्यवसायी समूह होलीकाउको उक्त कार्यप्रती सबैले प्रशंसा समेत गरेका छन् ।
सन २००६ बाट सेवा शुरु गरेको होलि काउ समूहले नेपाली समुदायका कल्याणकारी गतिविधीहरुसँगै स्थानीय च्यारिटीहरुलाई पनि सहयोग गर्दै आईरहेको छ । एक डाइनिंग सहीत ९ वटा टेक वे शाखाहरू सन्चालन गरेको यो समुहले यो समयमा डाईनीडं रेष्टुरेन्ट बन्द गरेको छ । संकटमा परेका वृद्धवृद्धाहरुलाई निशुल्क खाना तथा एनएचएसमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अनलाइन अर्डरमा २० प्रतिशत छुटको व्यवस्था समेत गरेको जनाएको छ ।
आचार्य ग्रास लेवलबाट दुख गर्दै जानेको काममा दत्तचित्त भई कड़ा मेहनत र परिश्रमबाट बेलायतमा सफल व्यवसायी बनेका उदाहरणीय र सबैको प्रेरणाका स्रोत पात्र बनेका छन् । समाजसेवा बोलेर होईन भावनामा आउने कुरा बताउने आचार्य मानव सेवा नै सबै भन्दा ठूलो धर्म हो भन्छन् ।
















