पोर्चुगल : कोरोना संक्रमितहरुको उपचारमा गर्दागर्दै संक्रमित भएका १ नर्स र ७ डाक्टर जीवनको अन्तिम लडाईमा !

लिस्बन।

पोर्चुगलमा कोरोना संक्रमितहरुको उपचारमा खटिएका स्वास्थकर्मी नै संक्रमित भएपछि एक नर्स र सात जना डाक्टरहरु जीवनको अन्तिम लडाईमा छन्। हालसम्म उपचारमा खटिएका ८३५ जना स्वास्थकर्मीहरु संक्रमित भएका छन्।

जीवनको अन्तिम लडाईमा भएकी नर्सको करी काब्राल अस्पतालको सघन कक्षमा उपचार भईरहेको छ। त्यस्तै जीवनको जोखिम भएका ५ जना डाक्टरहरुको साउ जोवाउ अस्पतालमा, एक जनाको सन्तो आन्तोनियो अस्पताल र अन्य एकको पोर्तो अस्पतालमा उपचार भईरहेको छ। करी काब्राल अस्पतालमा डाक्टर दम्पती नै इन्टेन्सिभ केयरमा छन्।

पोर्चुगलमा यो रिपोर्ट तयार पार्दासम्म ६४०८ जना कोरोना संक्रमित छन् जसमध्ये ८५३ जना संक्रमित स्वास्थ्यकर्मी मात्रै छन्। यो कुल संक्रमितहरुको १३ प्रतिशत हो।

संक्रमित स्वास्थकर्मीहरुमध्ये २०९ जना डाक्टर , १७७ जना नर्स र अन्य ४६७ जना अप्रेशन असिस्टेन्ट र अन्य छन्।

देशभर जम्मा ११४२ भेन्टिलेटर :

पोर्चुगलभरिमा जम्मा एक हजार एक सय ४२ भेन्टिलेटर, ५२८ सघन उपचार कक्ष, र ४८० अप्रेशन थिएटर छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार