लिस्बन।

मंगलबार बिहान करिव १०:४० बजे लिस्बनको एभिनिदा अल्मिरान्ते रेसमा एक भवनमा आगलागी भएको छ।
आगलागी नियन्त्रण गर्न र सो भवनबाट बासिन्दाहरुलाई सुरक्षित हटाउन फायर फाइटर रेजिमेन्टका दुई दर्जन परिचालकहरूल उद्धारमा खटिएका थिए।
सपाडोरसका अनुसार आगो दन्किरहेको कोठामा फोहोर र नचाहिने लत्ताकपडा थुपारिएको थियो ।
आगलागीलाई समयमै नियन्त्रण गर्न सकिएकोले कोही पनि हताहत नभएको अधिकारीहरुले जानकारी दिएका छन्।
















