अमेरिकामा बस्ने नेपालीलाई राष्ट्रपति भण्डारीको सुरक्षित बस्न आग्रह

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेकी अमेरिकामा रहेको नेपाली दूतावासले जनाएको छ ।

दुतावासका अनुसार राष्ट्रपति भण्डारीले टेलिफोन गरी सबैलाई नआत्तिकन सुरक्षित भएर बस्न आग्र गरेकी छिन् । कोभिड–१९ को सङ्क्रमण अमेरिकामा द्रुतगतिमा फैलिरहेको र धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले अमेरिकामा रहेका नेपाली समुदायको अवस्थाबारे जानकारी लिएकी राजदूत डा अर्जुनकुमार कार्कीको भनाई छ ।

राष्ट्रपति भण्डारीले मृतकका परिवारप्रति समवेदना तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार