रमेश कँडेल, ब्रुज।

बेल्जियममा अहिले सम्म १३९६४ जना कोरोना भाईरसबाट संक्रमित भएका छन्। जस अनुसार ८२१९ (५९%) Vlaanderen, ३९०३ २८%) Walloniē, १५८० (११%) Brussel र ठेगाना थाहा नभएको २६२(२%) छन्।
गत २४ घन्टामा ११८९ जना कोरोना भाईरसबाट संक्रमित भएका छन् भने हिजो यो संख्या ८७६ थियो। आज करिब ३१३ ले संक्रमित हुने संख्यामा बढेको छ। गत २४ घन्टामा १२३ जनाको मृत्यु भएको छ र आज सम्म ८२८ जनाले ज्यान गुमाएका छन्।
९३ प्रतिशत भन्दा बढि मृत्युहुनेहरु ६५ वर्ष भन्दा माथि रहेको जनाईएको छ।कोरोना संक्रमणबाट १२ बर्षकी एक बालिकाको मृत्यु भएको छ भने २५-४० वर्षको उमेरका ५ जनाको मृत्यु भएको छ। अहिले सम्म पुरुष ४७८, महिला ३४३ र लिङ्ग नखुलेको ७ जना छन्।
गत २४ घन्टामा ५६० कोरोना संक्रमितहरुलाई हस्पिटल भर्ना गरिएको छ भने ४३६ जना उपचारपछी घर फर्किएका छन्।
१५ देखी ३१ मार्च सम्म ६१३२ जना COVID-19 संक्रमितहरुलाई हस्पिटल भर्ना गरिएकोमा २१३२ जना घर फर्किएका छन्।
मार्च ३१ सम्म ४९२० जना हस्पिटलमा छन् भने १०८८ जनाको सघन कक्षमा उपचार भईरहेको छ।

फ्लामिस सरकारको राहत प्याकेज :
बेल्जियमको फ्लामिस सरकारले आफ्नो क्षेत्रका ब्यावसायीहरु जसले यस कोरोना संक्रमणको समयमा आफ्नो ब्यावसाय खोल्नु परेको र आफ्नो ब्यावसाय ६० प्रतिशत भन्दा बढी ब्यापार घटेकाहरुलाई राम्रो अध्ययन गरेर एकचोटी ३ हजार युरो दिने भएको छ।
बेल्जियमको एक दुरसञ्चार कम्पनी प्रोक्सिमसले आजबाट आफ्नो सेवामा 5G थपेको छ। यो अहिले केही ठुला शहरहरुबाट सुरु गरेको छ ।
एनआरएन अभियन्ता लोक दाहाल ६ हजार मास्क बढ्दै :
बेल्जियमको नेपालीहरुमा परिचित समाजसेवी एनआरएनए बेल्जियमका निबर्तमान अध्यक्ष तथा आइसीसी सह-कोषाध्यक्ष लोक दाहालले ब्यक्तिगत रुपमा बेल्जियमको नेपालीहरुलाई मास्क वितरण गरेका छन् ।
पहिलो चरणमा १ हजार र दोश्रो चरणमा ५ हजार बाढ्ने योजना रहेको बताएका छन्। उनको यो कदमलाई बेल्जियमका नेपालीहरुले प्रसंसा गरेका छन्।

















