काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
वुधबार प्रधानमन्त्री निवास बालुवारमा भएको भेटका क्रममा चीनबाट खरिद गरिएको स्वास्थ उपकरणका विषयमा छलफल भएको थियो ।
उनीहरुबीच स्वास्थ्य सामाग्री र औषधीका बारेमा मिडियामा आएको चर्चाको विषयमा र कोरोना संक्रमण नियन्त्रणका लागि सरकारको जिम्मेवारी र कामका विषयमा कुराकानी भएको थियो ।
त्यस्तै, भेटमा लकडाउनका कारण मजदुर र विपन्न वर्गमा परेको समस्या तथा दार्चुलामा अलपत्र परेका नेपालीहरुको विषयमा पनि छलफल भएको जनाइएको छ ।
















