लिस्बन।

पोर्चुगलमा संकटकालको अवज्ञा गर्ने ९० जना पक्राउ परेका छन्। उनीहरुलाई कानुनी कारवाहीको लागि अदालतमा उपस्थित गराईएको छ।
त्यस्तै राज्यमा लगाईएको संकटकालको अवज्ञा गर्ने १६३३ व्यवसायहरु बन्द गरिएको छ।
पोर्चुगलमा २२ मार्चको मध्यरातबाट देशमा संकटकाल लगाईएको थियो। आपतकालीन अवस्था आज समाप्त हुदैछ।
पोर्चुगलका राष्ट्रपति मार्सेलोले आज फेरी मध्यरातबाट आपतकाल थप गर्ने बुझिएको छ।

















