पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या ९०३४ पुग्यो, २०९ को मृत्यु, ६८ जना रिकभर भए !

लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ९०३४ पुगेको छ भने हालसम्म २०९ को मृत्यु भएको छ।

कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २२ जनाले ज्यान गुमाएका छन् भने ७८३ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

कोरोना संक्रमणबाट उपचार पश्चात रिकभर हुनेको संख्या ६८ पुगेको छ। पछिल्लो ६ दिनदेखि रिकभर हुनेको संख्या शुन्य हुदै ४३ मै रोकिएको थियो। थप २५ जना रिकभर भएर संख्या ६८ पुगेपछि आम जनमानसमा आशा पलाएको छ तर सचेत र सुरक्षित हुनुको बिकल्प छैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार