पोर्चुगल ।
पोर्चुगलको संसदले राज्यमा आपतकालिन अवस्थाको को नविकरणलाई अनुमोदन गर्दै संकटकाल थपेको छ ।
संसदले कारोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै आगामी १७ तारिखसम्मका लागि आपतकालिन समय लम्ब्याएको हो ।
कोरोनाको बढ्दो संक्रमणसँगै यसअघि सरकारले १५ दिनका लागि राज्यमा आपतकालिन अवस्थाको घोषणा गरेको थियो ।
यो समयमा संक्रमणको पारो झनै बढेपछि राष्ट्रपतिको आग्रहमा आज बसेको संसदले आगामी १७ तारिखसम्मका लागि नविकरण गरेको हो ।
राज्यमा आपतकालिन अवस्थाको लागि नविकरण भएसँगै आज राति १२ बजेदेखि अप्रिल १७ तारिखको ११ बजेर ५९ मिनेट जाँदासम्म लागु हुनेछ ।
सरकारले कोरोना संक्रमणबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न यस्तो निर्णय गरेको हो ।
















