लकडाउनमा बुटवलका व्यवसायी सिद्धार्थ गुरुङद्वारा मजदूरलाई सहयोग

बुटवल।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बेरोजगार भएका तीन दर्जन मजदूरलाई यहाँका एक व्यवसायीले आर्थिक सहयोग गरेका छन् ।

बुटवल उपमहानगरपालिका–११ कालिकानगरका रोडा–ढुङ्गा व्यवसायी वैभवलक्ष्मी सप्लायर्सका सञ्चालक सिद्धार्थ गुरुङले कालिकानगर क्षेत्रमा विभिन्न क्षेत्रमा मजदूरी गर्ने ३५ मजदूरलाई आज जनही रु पाँच हजार सहयोग उपलब्ध गराउनुभएको हो ।

लकडाउनले घर जान नपाएका र दैनिकरुपमा मजदूरी गर्ने काम बन्द भएपछि साँझ बिहान खानपिनका लागि खाद्यान्न जुटाउन नसकेको जानकारी पाएपछि सहयोग उपलब्ध गराएको व्यवसायी गुरुङले बताउनुभयो ।

ति मजदूरहरु दाङ, बर्दिया, कैलाली लगायतका जिल्लाबाट बुटवल क्षेत्रमा आएर लामो समयदेखि मजदूरी गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार