नेपालभित्रै अब कोरोनाको जोखिम : पहिलोपटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्‍यो

काठमाडौं।

नेपालमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सरेको पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली र कञ्चनपुरमा गरी ३ जनामा कोरोना संक्रमणको पुष्टि गरेको छ ।

यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

तर शनिबार कोरोना संक्रमण देखिएकी कैलालीकी एक महिलालाई भने यसअघि कैलालीमा भेटिएका कोरोना संक्रमित पुरुषबाट सरेको पाइएको हो ।

उनी ती पुरुषका आफन्त हुन् । ती पुरुष दुबईबाट नेपाल आएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार