पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या १० हजार ५२४ पुग्यो, २६६ को मृत्यु , ७५ जना रिकभर

लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या १० हजार ५२४ पुगेको छ भने हालसम्म २६६ को मृत्यु भएको छ।

कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २० जनाले ज्यान गुमाएका छन् भने ६८५ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

उपचार पश्चात रिकभर हुनेको संख्या ७५ रहेको छ।

५५१८ जनाको कोरोना टेष्ट गरिएको र नतिजाको प्रतिक्षामा छन्।

#In Update

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार