@ टंक खड्का, पोर्चुगल।

मालेमावादका सिद्दान्तहरु बाइबल र कुरान पनि होइनन्। जुन आफुखुशी परिवर्तन गर्दै जाने नेपाली समाजमा ब्यापक रुपले चलेको ग्रहदशा जस्तै राहु , शनि , संकटा र खरापे योगदशा शान्ती पार्ने पण्डितशास्त्र पनि होइन्। किनकी जुन बेला मालेमाका सिद्दान्तहरु प्रतिपादन भए, ब्यबहारीक रुपले त्यो बेलाका पुजिबादका बिरुद्द संघर्ष गरि समाजबाद स्थापना गरेका थिए।
तर आज मालेमाका सिदान्त पनि थप बिकास भई एकिकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजबादी साम्यवादतिर अग्रसर भएको छ। तर, यो बेलाको पुजिबाद पनि पुजिबाद मै सिमित छैन।
ऊ आफ्नो मरणाशन्न अवस्था साम्राज्यबादमा पुगेको छ, तर पुजिबादले भन्दै गरेको छ , ” मार्क्सवादको अन्त्य , बिचारधारात्मक अन्त्य , ईतिहासको अन्त्य भईसकेको छ ” भनेर व्यापक भ्रम सिर्जना गरेको छ।
कम्युनिष्टहरुको समाजबादी सत्ता आएको ३८ बर्ष पछि अर्थात सन् १९५५ मा ईटालीको मिलानमा आयोजित एउटा कम्युनिष्ट बिरोधी बुद्दिजिविहरुको सम्मेलनले कम्युनिष्ट बिचारको प्रचारको खतराको मिलेर सामना गर्नु पर्ने निर्णय भयो, जसको आयोजक द कांग्रेस कल्चरल फ्रीडम थियो।
यो सम्मेलनमा युरोप र अमेरीकाका कम्युनिष्ट बिरोधीहरुको सहभागिता थियो। पुजिबाद त्यो बेला पनि भयभीत थियो। यसको अर्थ कम्युनिष्ट बिचारधारबाट डराएकै थियो, थर्कमान थियो , पछि सबै कुराको अन्त्य भयो भनेर बिचारधारात्मक अन्त्य भयो। क्रान्ती अब हुन सक्दैन।
ईतिहासको अन्त्य भयो भन्दै छन्, तर किन ? पुजीपतिहरु , दलालहरु अहिले पनि डराएका छन्। त्यसैले कम्युनिज्म विचारमाथि प्रतिबन्ध र घरेलु आतंकबादको सुचिमा राख्दै छन् , किनकी पुजिबाद र उदार लोकतन्त्र अहिले पनि आफ्नो भविष्य प्रति आश्वस्त छैन। किनभने उनीहरुको लोकतन्त्रले व्यक्तिगत स्वतन्त्रता हरण गरेको छ। समाजबाद उन्मुक संविधानको नाममा समाजमा सामाजिक स्थान नदिएर दलालीकरणको सुरुवात भएको छ।
संशोधनबादीहरुको तुलनामा क्रान्तीकारीहरु निती, नैतिकता र ब्यबहारमा अग्रगामी हुन्छन्। तब पो संशोधनबादी दलालहरु सबैभन्दा बढी क्रान्ती देखि आफै डराएका छन्। किनभने अब क्रान्ती गर्न सम्भब छैन भनेर भ्रम सिर्जना गरेपनि दलाल पुजिबाद रहेसम्म क्रान्तीको सम्भावना सकिएको छैन भनि उनीहरुले पनि राम्रोसंग बुझेका छन्।
क्रान्तीका प्रमुख शत्रु हामी नै हौँ। हाम्रो शासन ब्यबस्था ध्वस्त नपारी समाजबाद आउने छैन भनी पनि बुझेका छन् र पो विप्लब चेतनामाथि नै प्रतिबन्ध लगाइदिएका छन्।
सम्भावना नहुने क्रान्तीबाट आफ्नो सत्ता गुम्ने डर पनि किन देख्नु ?
उनीहरुले आफुले गरेका भूलहरू दलाल राष्ट्रवादको घनचक्करमा राष्ट्रियता बिरोधी सबै हत्कण्डा प्रयोग गरेका छन। ती काण्डहरुको भण्डाफोर गरी राष्ट्रियताको रक्षा गर्ने राष्ट्रबादी शक्ती कम्युनिष्ट क्रान्तीकारी हुन्। पश्चिमाहरुको रड अनि पुजिबादका समर्थकहरुको सत्ता समाप्त पारी आफ्नो मालिक आफै बन्ने समाजबादी सत्ता स्थापना गर्ने मालेमा वादका सिदान्तका चेलाहरु क्रान्तीकारी हुन्।
अहिलेको नेपाल सरकार साम्राज्यबादले दलाल पुजिबादका आज्ञाकारी नोकरहरुको सरकार हो। यसलाई संघर्षबाट बिस्थापित गरी जनताको आफ्नै सरकार निर्माण गर्ने संघर्षका अथक यात्री क्रान्तीकारीहरु हुन्।
दलाल पुजिबादको उत्कर्ष साम्राज्यबाद हो ,जो नाफाको शासन गर्छन। जनस्तरबाट उठेका राष्ट्रियता र जन -जीविकाका सवालहरु सुन्दैनन्। दबाउन पुलिस प्रशासन लगाउछन्।
त्यसको प्रतिरोध गरी जनबादी राज्यसत्ता निर्माण गर्न सशोधनबादमा पतन नभएका क्रान्तीकारी मात्रै हुन्। दलालहरुले आफ्नो नाफाको राजनिती गरी राख्न अनि साम्राज्यवादको असल आज्ञाकारी बनिराख्न देशका नदीनाला बन जंगल , खनिज पदार्थ र नेपालका प्राकृतिक श्रोतहरुमा सफाया गर्नु। पहिलो कुटनितीक , आर्थिक, सांस्कृतिक, राजनैतिक र अन्त्यमा सैनिक हस्तक्षेप अनिबार्य गराउछन्। अनि यसलाई यथास्थानमा रोकी राष्ट्र, राष्ट्रियता बचाउने देशभक्त क्रान्तीकारीहरुले आफ्नो पहिलो कर्तब्य ठान्छन। जन विद्रोहको सुरुवात गर्छन्, शासकहरुलाई सत्ताबाट पदच्युत गराउछन्।
आफुले गरेका हरेक गतिविधीको प्रतिरोध गर्ने एकमात्र शक्ती कम्युनिष्ट क्रान्तीकारी देख्छन्। अनि संशोधनबादी दृष्टिकोणबाट अतिबाद देखने क्रान्ती बाटै आफ्नो सत्ता गुमेको देख्छन्।















