हङकङमा चामल चोरीको आरोपमा नेपाली पक्राउ

हङकङ |

बजारमा अभाव हुने डरले घरमा खाद्यान्न थुपार्ने होड चलेपछि हङकङमा चामल चोरी हुने क्रम बढेको छ। चामल चोरीको आरोपमा एक जना नेपाली युवा पक्राउ परेका छन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार उनि शुक्रबार साँझ ६ बजे हुङहोमस्थित इयोन सुपरमार्केट बाहिर १२ किलोग्राम बराबरका ६ प्याकेट चामलको मूल्य नतिरी लैजाँदै गर्दा पक्राउ परेका हुन्। शंका लागेपछि सुपरमार्केटकै कर्मचारीहरुले उनीहरुलाई रोकेका थिए। आरोपीहरुलाई प्रहरी बोलाएर पक्राउ गरिएको थियो।

सोही सुपरमार्केटबाट गत मंगलबार साँझ अर्का एक स्थानीय पुरुषले १५ किलोका ३ प्याकेट चामल चोरी गरेका थिए। शंका लागेर सुपरमार्केटका सुरक्षा गार्डले पीछा गरेपछि ती व्यक्ति चामल छाडेर एमटीआर स्टेसनको गेट नाधेर भागेका थिए। रेलका कर्मचारीले रोक्न खोज्दा हातमा सिरिन्ज देखाएर उनी भाग्न सफल भएका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार