युरोपियन मुलुकका ८ सय पर्यटकको नेपालबाट उद्दार

काठमाडौंः लकडाउनका कारण नेपालमा अलपत्र परेका विभिन्न देशका करिब ८ सय जना नागरिकलाई सम्बन्धित देशले चार्टर उडानमार्फत उद्धार गरेका छन्। कतार एयरका दुईवटा विमानले काठमाडौंमा अलपत्र परेका ६ सयभन्दा धेरै विदेशी पर्यटकलाई शनिबार उनीहरूकै देश फिर्ता लगेको छ।

रित्तै आएका दुई वटा कतार एयरवेजका चार्टर विमानले जर्मनी, फ्रान्स र युरोपियन मुलुकका नागरिकलाई लिएर गएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार एउटा जहाजले ३ सय ३ जना र अर्कोले ३ सय ५ जना लिएर गएको हो। यस्तै मालिन्दो एयरले सिंगापुर र मलेसियाका ७३ जनालाई फिर्ता लगेको छ। यसैगरी, काठमाडौंमा अलपत्र परेका १ सय २ चेक यात्रुलाई चेक एयरलाइन्सको विशेष विमानले उद्धार गरेको छ।

आफ्ना देशका नागरिकलाई लिएर चेक एयरलाइन्सको विमान चेकोस्लाभाकियाको राजधानी प्रागतर्फ उडेको छ। साँझ ५ बजे चेक एयरलाइन्सको उक्त विमान प्रागतर्फ उडेको हो।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर गरिएका चारवटा विमानले उडान भरेको विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार