लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ११ हजार २७८ पुगेको छ भने हालसम्म २९५ को मृत्यु भएको छ।
कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २९ जनाले ज्यान गुमाएका छन् भने ७५४ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
संक्रमितहरुमध्ये एक हजार ८४ जनाको अस्पतालमा उपचार भईरहेको छ, जसमध्ये २६७ सघन कक्षमा छन्।
उपचार पश्चात रिकभर हुनेको संख्या पछिल्लो दुई दिनदेखि ७५ नै रहेको छ।
४९६२ जनाको कोरोना टेष्ट गरिएको र प्रयोगशालाको नतिजाको प्रतिक्षामा छन्।
#In Update
















