लिस्बन।

कास्काइस फायर ब्रिगेडका ३ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। एकै ब्रिगेडका ३ कर्मचारी संक्रमित भएपछि फायर ब्रिगेड कार्यालय नै बन्द भएको छ।
कास्काइस फायर ब्रिगेडकार्यालय शनिवारदेखि बन्द भएको हो।
ब्रिगेडमा कार्यरत दुई जना कर्मचारीले एक बृद्धलाई उनकै घरबाट उद्धार गरी उपचारका लागि अस्पताल लागेका थिए। अस्पतालमा ति वृद्धको उपचारको क्रममा कोरोना भाइरसबाट मृत्यु भयो।
वृद्धको मृत्युपछि उनलाई अस्पताल पुर्याउने दुबै कर्मचारीको स्वास्थ्य परिक्षण गरियो र दुबैमा कोरोना संक्रमण पुष्टी भयो। उनीहरुको सम्पर्कमा भएका एक अर्का कर्मचारीमा पनि संक्रमण देखिएपछि अहिले ब्रिगेड नै बन्द गरिएको छ।
यो संगै सोही ब्रिगेडमा कार्यरत अन्य १२ जान कर्मचारीहरुको स्वास्थ्यपरिक्षण गरिनुका साथै सबैलाई क्वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य परिक्षण गरिएका १२ जना कर्मचारीहरु ल्याबको नतिजाको पर्खाइमा छन्।
















