यूएईमा कोरोनाबाट एक नेपाली महिलाको निधन

काठमाडौँ ।

यूएईमा कोरोना भाइरस (काेभिड–१९) को संक्रमणबाट एक नेपाली महिलाको निधन भएको छ ।

मृतक यूएईको बरदुबईमा घरेलु कामदारका रुपमा कार्यरत रहेकी थिईन् ।

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट सोमबार श्रीमानलाई उपलब्ध गराएको थियो।

उनी ९ वर्षदेखि दुबईमा कार्यरत रहेको बुझिएको छ । पछिल्लो समयमा उनी काम बदल्ने भन्दै भिजिट भिसामा बरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै थिइन्।

उनका श्रीमान पनि एक महिनादेखि भिजिट भिसामा यूएईमा थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार