लकडाउनमा हेटौंडा : दूध ढुवानी लेखेर सवारीमा मदिराज ओसारपोसार

देवराज पन्त,मकवानपुर ।

सरकारले कोरोना संक्रमण रोक्न गत चैत ११ गतेदेखि लकडाउनको निर्णय गरेको छ ।

लकडाउनको अवधिभर अत्यावश्यक खाद्यान्न, औषधि, अस्पतालहरु बाहेक सबै बन्द ठप्प छ । तर मकवानपुरमा एउटा अनौठो घटनाको पर्दाफास भएको छ ।

लकडाउनको समयमा मकवानपुरमा दूध ढुवानी सेवाको ब्यानर राखेर घरेलु रक्सी ओसारपसार गर्ने गरेको फेला परेको छ । मदिरा ओसार्ने अटोलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान हेटौंडा उपमानगरपालिका–२ चौकीटोलमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको प्रहरी टोलीले मदिरासहित ना १ ह ५३८९ को अटो नियन्त्रणमा लिइएको हो ।

मकवानपुरगढी गाउँपालिका–५ को श्रृजना दूग्ध उत्पादक सहकारी संस्थाको दूध ढुवानी सेवा लेखिएको अटो प्रहरीले मदिरासहित नियन्त्रणमा लिएको हो ।

चौकीटोल प्रहरीले जाँच गर्ने क्रममा मदिराको जर्किन बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठका अनुसार सो अटोबाट करिब एक सय ४० लिटर मदिरा बरामद भएको छ । पक्राऊ परेकामाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार