लिस्बन।
कोरोना भाइरस महामारीका कारण सीमा तथा विदेशी हेर्ने निकाय सेफले ३० मार्च, २०२० मा आफ्ना सार्वजनिक सेवा अस्थायी रुपमा बन्द गरेको सूचना प्रकाशित गरेको थियो। त्यसयता सेफमा अपोइन्टमेन्ट भएकाहरु सबैको पुर्व निर्धारित अपोइन्टमेन्टहरु रद्ध भएका छन्। मार्च ३० , २०२० पछि सेफमा पुर्व निर्धारित अपोइन्टमेन्टहरु सबै अलमलमा परेका छन्।

# सेफमा पुर्व निर्धारित तपाईको अपोइन्टमेन्ट रद्ध भयो ? अब के गर्ने ?
सेफमा पुर्व निर्धारित तपाईको अपोइन्टमेन्ट रद्ध भयो, तपाईले केही पनि गर्नुपर्दैन। सेफले नै तपाईलाई सम्पर्क गर्नेछ। त्यसका लागि तपाइले आफ्नो यस अघि सेफमा पुर्व निर्धारित जो जसको अपोइन्टमेन्ट रद्ध भएका छन् , उनीहरु सबैलाई सेफले कोरोनाको महामारी समाप्त भएपछि क्रमबद्ध रुपमा पुन: जानकारी गराउने बताएको छ ।
# अपोइन्टमेन्ट रद्ध भएसँगै मेरो भिषा सकियो , अब के हुन्छ ? के म पोर्चुगलमा अबैधानिक हुन्छु ?
पोर्चुगलमा आपतकालिन समय ( संकटकाल ) मार्च १९ बाट लागु भयो। आपतकालिन समय ( संकटकाल ) लागु हुनुभन्दा पहिले अर्थात् मार्च १८ तारिखसम्म जो जसले सीमा तथा विदेशी हेर्ने निकाय सेफमा आबेदन दिएका छन् , उनीहरुपोर्चुगलमा पहिलेकै स्ट्याटसमा बस्न पाउनेछन्। पोर्चुगलको संबिधानको धारा २३/ २००७ अनुसार देशमा संकटकाल अवस्था भएकोले राज्यले उनीहरुको अधिकार र संरक्षण सुनिस्चित गरेको छ।
# सेफबाट कुनै सूचना वा जानकारी लिनुपरे के गर्ने ?
यदि तपाईलाई सेफ़बट कुनै पनि जानकारी चाहिएमा फोन वा ईमेलमार्फत सम्पर्क गर्न सकिनेछ ।
– सेफलाई ८०८ २०२ ६५३ र ८०८ ९६२ ६९० गरी दुई नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
– त्यसैगरी ईमेल gricrp.cc@sef.pt मा पनि सेफको कार्यालयसँग सूचना आदानप्रदान गर्न सकिनेछ ।
# मेरो भिषा वा रेसिडेन्ट परमिट सकियो , अब के हुन्छ ?
पोर्चुगलमा आपतकालीन अवस्था ( संकटकाल ) घोषणा गरिएको हुनाले संविधानको आपतकालिन कानुनको धारा १० ए / २०२० अनुसार फेव्रुअरी २४, २०२० पछि म्याद सकिएका सबै भिषा र रेसिडेन्ट परमिट ३० जुन, २०२० सम्मका लागि मान्य हुनेछन्। २४ फेव्रुअरी २०२० पछि म्याद सकिएका कागजात सरकारी काम कारवाहीका लागि मान्य हुनेछन्। यसैबिच यदि यो समस्याको समाधान भएन भने सरकारले अर्को सूचना निकाल्नेछ।

# सेफको सम्पूर्ण सार्वजनिक सेवा अस्थायी रुपमा बन्द : अत्यन्त जरुरी सेवा फोन वा इमेल मार्फत सम्पर्क गर्न सकिने , के-के हुन् अत्यन्त जरुरी सेवा ?
लिस्बन ।
अत्यावश्यक सेवा चाहियो , सेफलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ। के हो अत्यावश्यक सेवा ?
सार्वजनिक नियमित सेवा बन्द रहे पनि अत्यन्त जरुरी अपोइन्टमेन्ट लिन सकिने सेफले जनाएको छ ।
१. अत्यन्त जरुरी अपोइन्टमेन्ट लिन देशबाहिर यात्रा गर्नुपर्ने, जानुपर्ने अर्थात देश छोड्नुपर्ने जरुरी कारण पेश गर्नुपर्नेछ ।
२. जसका कागजात चोरी भएका वा हराएका छन् उनीहरुले पनि अत्यन्त जरुरी अपोइन्टमेन्ट लिन सक्ने छन् ।
















