आज हनुमान जन्मोत्सव, हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी मनाइँदै

सर्वप्रथम त रामदुत हनुमानको जन्मको उपलक्ष्यमा मनाईने यस वर्षको हनुमान जयन्तीको सबैलाई शुभकामना । त्रेतायूगको रामायणका पर्याय यि पात्र हनुमानको चैत्र शुक्ल पूर्णिमाका दिन भएको जन्म संसारै भरिका सनातन धर्म अनुयायीले मनाउदछन् ।

रामायणका कथाहरु, पात्रहरु अनि घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रीय, दयावान अनि शक्तिशाली पात्रकारुपमा छन् । हनुमान भन्ने वित्तिकै रामभक्त अनि वलवान भन्ने बुझिन्छ, हनुमानलाई वल र साहसको पर्यायका रुपमा अभिब्यक्त गरेको वाल्मीकी रामायणले हनुमान आँफैले लेखेका हनुमान रामायणको वारेमा खासै जानकारीहरु वयान गर्दैन भने ईतिहास पनि यस विषयमा मौन नै छ । हनुमान एतीहासीक रुपमा अझै उत्खनन र अन्वेषण गर्नपर्ने पात्र हुन भने धार्मीक रुपमा एउटा कोशेढुगां अनि सामाजिक रुपमा मानिसले पुजेका जनावर देवता, हनुमान एउटा बाँदर देवता हुन् ।

अन्जानेरी पर्वतमा जन्मीएका हनुमानकी आमा अन्जना एउटी अप्सरा हुन जो आफुमाथी परेको श्रापको कारणले पृथ्वीलोकमा वसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा वृहस्पतीका छोरा केशरी हुन् भने आमा अन्जनाको लामो समयसम्मको भगवान शिवको आराधना पछी शिव वरदानकारुपमा हनुमान जन्मीएका हुन् । रामायण अनि अन्य शास्त्रहरुमा विष्णु सँग धेरै जाडिएका भएपनि हनुमान आँफैमा शिवका प्रतिरुप हुन् । अर्कोतर्फ हनुमानलाई वायू पुत्र पनि भनिन्छ, आउनुहोस यस विषयमा पनि चर्चा गरौ । यसरी अन्जनाको आराधनाले प्रशन्न भगवान शिवले अन्जनाको गर्भमा भगवान वायूलाई आफ्नो पुरुष शक्ति अनि उर्जाहरुलाई केन्द्रित गरेर भरिदिन भनेपछी हनुमान गर्भमा आएकाले पनि हनुमानलाई वायू पुत्र या पवन पुत्र भनिन्छ ।

बाल्यकालमा अति शक्तिशाली हनुमानले पाकेको आँप भनेर झण्डै सूर्यलाई खाईदिएको प्रसँगले उन्को बल अनि सार्मथ्यको वृतान्त दिन्छ । हनुमानका गुरु सूर्य हुन भने सूर्यका पुत्र सुग्रीभ हुन् । आफ्नो गुरुलाई मद्धत गर्ने वचन अनि दायित्व वाट वाँधीएका हनुमान सुग्रीभलाई सहयोग गर्नकालागी रामायणमा सम्मलेलीत भएका हुन् ।

बाल्यकालमा अत्यन्तै चकचके हनुमान वाट आजित भएर तपस्वीहरुले उन्लाई आफ्नै शक्ति भुल्ने र अरुले याद नदिलाउन्जेलसम्म याद नआउने श्राप दिएका हुन् ।

भगवान रामको वनवासका दौरान हनुमान सँग वहाँको भेट भएको हो अनि वाँकी रामायणमा हनुमानको कृत्य अनि कर्तब्य हामीमध्य धेरैलाई थाहै छ ।

यिनै समुन्द्रलाई एकै फड्कोमा तर्न सक्ने, पुच्छरमा आगो लगाएर लकां जलाउन सक्ने अनि भगवान रामलाई मृत्यूवरणकालागी लिन आएका यमराजलाईनै फिर्ता पठाउने सार्मथ्य राख्ने हनुमानलाई धार्मीक रुपमा मात्र नभईकन मौलीक अनि मानवताको दृष्टिले पनि महत्पूर्ण मानिन्छ । नेपाल मात्र नभई भारत, बगंलादेश, म्यानमार, थाईल्याण्डमा समेत हनुमानलाई विभिन्न स्वरुपमा पूजिन्छ । थाईयाण्डको राजधानी बैककको सुवर्णभुमी विमानस्थलमा त लस्करै हनुमानका दर्जनौ मुर्ती राखीएका छन् । सम्पूर्ण स्वरुपमा हनुमान झै देखिने यी देवतालाई स्थानिय भाषामा अर्कै नामले पुकारा गरिन्छ तर यिनको उपस्थितीले सुरक्षा हुने भएकाले त्यहाँ राखिएको वताईन्छ ।

पर्वतलाई नै उठाएर ल्याउन सक्ने हनुमानलाई रावण सँगको यूद्ध पश्चात रामले विदाई गर्ने क्रममा ईच्छा सोधेका वखत, संसारमा रामको नाम चलिरहुन्जेलसम्म पृथ्वीलोकमै रहीरहने हनुमानको ईच्छा भगवान रामले वरदान दिनुभएको थियो । यसअर्थमा हनुमान जिवित देवताकारुपमा अझै पनि हामीमाझ छन्, शक्ति ,सत्य, सार्मथ्य अनि भक्तिका प्रतिरुप यिनै हनुमानको जयन्तीले हामीसबैको कल्याण गरोस् । आगामी वर्षहरु शुभ हुन र चन्द्र सबैको दाहिने होस् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार