अटेरी लिस्बन : संकटकाल र सोसियल डिस्ट्यान्सको बेवास्ता गर्दै सयौ मान्छे सडकमा उत्रिएका छन्।
पोर्चुगलको राजधानी लिस्बनको मस्काभिदमा देखिएको दृश्य हो यो।
पोर्चुगलको संसदले कारोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै आगामी १७ तारिखसम्मका लागि आपतकालिन समय लम्ब्याएको छ ।
कोरोनाको बढ्दो संक्रमणसँगै यसअघि सरकारले १५ दिनका लागि राज्यमा आपतकालिन अवस्थाको घोषणा गरेको थियो ।
यो समयमा संक्रमण बढ्दै गएपछि राष्ट्रपतिको आग्रहमा आज बसेको संसदले आगामी १७ तारिखसम्मका लागि नविकरण गरेको छ ।
सरकारले कोरोना संक्रमणबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न यस्तो निर्णय गरेको हो । तर पनि देशको विभिन्न भागमा जनताहरु लकडाउन र संकटकालको बेवास्ता गर्दै निर्वाध हिडडुल गरिरहेका छन्।
















