वीनेपाली , लण्डन ।

पारिवारिक भेटघाटका लागि युके आएका एक नेपालीको लण्डनमा मृत्यु भएको छ ।
स्रोतका अनुसार उनको लण्डनस्थित नर्थविक पार्क अस्पतालमा बुधबार निधन भएको हो ।
कोरोना संक्रमणका कारण उनको निधन भएको आशंका गरिएको छ । उनको परिचय खुल्न बाँकी छ ।
करिब ७० वर्ष उमेरका उनी श्रीमतीसहित युके आएका थिए । उनी युकेमा छोराबुहारीका साथमा बस्दै आएका थिए ।
















