पोर्चुगलमा संकटकाल : के म स्वतन्त्र पुर्वक घुमफिर गर्न सक्छु ?

#के म स्वतन्त्र पुर्वक घुमफिर गर्न सक्छु ?
स्वतन्त्र पुर्वक घुमफिर गर्ने अधिकारबाट सबैलाइ बन्चित गरिएको छ । मानिसहरुलाई निम्न चार समुहहरुमा विभाजित गरिएका छन ।
* समुह १
कोभिड–१९का बिरामी, संक्रमित तर लक्षण नदेखिएकाहरु, निगरानीमा रहेकाहरु र सरकारी अधिकारी वा स्वास्थ्यकर्मीले तोकेका व्यक्तिहरु ।
समुह १ भित्रका नागरिकहरुले उपचार भैरहेको अवस्थामा आफ्नो निवास तथा स्वास्थ्य संस्था छोड्न पाउने छैनन् । त्यसो गरेमा कानुनको उलंघन मानिने छ ।
*समुह २
७० बर्ष भन्दा माथिका नागरिकहरु बिशेष सुरक्षामा रहनेछन् त्यसकारण घुमफिर गर्ने अधिकारबाट बन्चित गरिएको छ ।
*समुह ३
रोगसगँ लड्ने प्रतिरक्षा प्रणाली कम भएका तथा दिर्घ रोग जस्तै उच्च रतmचाप, मधुमेह, मुटु सम्बन्धी रोग, दम, तथा क्यान्सरका बिरामीहरु बिशेष सुरक्षामा रहनेछन्
त्यसकारण घुमफिर गर्ने अधिकार बन्चित गरिएको छ ।
*समुह ४
अन्य नागरिकहरुपनि आफ्नो निवास छोड्न पाउने छैनन त्यसकारण घुमफिर गर्ने अधिकार बन्चित गरिएको छ ।

* समुह २ र ३ मा बन्चित गरिएका अवस्थाहरु स्वास्थकर्मी, मानव सुरक्षा, नेता, न्यायाधिश तथा सामाजिक साझेदारहरुका हकमा लागू हुनेछैन ।
















