मेरा महत्वपुर्ण कागजातको म्याद सकियो , अब के गर्ने ?

पोर्चुगल।

सकंटकाल घोषणा भएका बेला, अनुमति पत्र, आधिकारिक पत्र तथा प्रसासनिक कागजात वैध मानिएको छ । तल उल्लेखित कागजातहरु हालको अवस्थामा नविकरण गर्न
आवश्यक छैन।

यी कागजातहरु सम्पूर्ण कानूनी उद्देश्यकालागि ३० जुन सम्म मान्य हुनेछन् वा प्रयोग गर्न सकिनेछ ।

– नागरिकता
– चालक अनुमति पत्र
– आपराधिक गतिविधिमा संलग्न भएको अभिलेख
– प्रमाणपत्रहरु
– प्रवेशआज्ञा सम्बन्धि कागजात
– स्थायी बसोबास
सम्बन्धि कागजातहरु ।

# मैले पोर्चुगलमा बसोबास स्वीकृतीकालागि सेफमा गरेको निवेदनको जवाफ आइसकेको छैन । के हुन्छ अब ?

पोर्चुगीज आप्रवासन तथा सिमा सेवाले आफ्नो सेवा ३० मार्च देखि बन्द गरेको छ । त्यसकारण जसले अग्रिम रुपमा समय लिएका छन पोर्चुगीज आप्रवासन तथा सिमा सेवाले पुनःतालिका प्रकाशन नगरे सम्म पर्खिनु पर्नेछ ।

पोर्चुगीज आप्रवासन तथा सिमा सेवाबाट सुचना प्राप्त गर्न सेफलाई ८०८ २०२ ६५३ र ८०८ ९६२ ६९० गरी दुई नम्बरमा सम्पर्क गर्न सकिनेछ । त्यसैगरी ईमेल gricrp.cc@sef.pt मा पनि सेफको कार्यालयसँग सूचना आदानप्रदान गर्न सकिनेछ ।

यसर्थ सबै आप्रवासी तथा आश्रय खोजीरहेका र बसोबासका लागि पोर्चुगीज आप्रवासन तथा सिमा सेवामा निवेदन दिएकाहरुलाइ ३० जुन २०२० सम्मलाइ अन्य नागरिक सरह नै अधिकार तथा सामाजिक सेवा दिइने छ ।

पोर्चुगीज आप्रवासन तथा सिमा सेवामा भेट्ने समय लिएको प्रमाणित हुने कागजात अथवा अग्रिम रुपमा समय लिनकालागि निवेदन दिएको प्रमाणित हुने रसिद भएकाहरुलाई सबै किसिमका नागरिक सेवाहरु जस्तै स्वास्थ्य सेवाको अधिकार, सामाजिक सुरक्षा सेवा, कुनै वस्तु तथा सेवा भाडामा लिनेदिने सम्झौता गर्ने सुविधा, रोजगार सम्झौता, बित्तिय कारोबार तथा अन्य अत्यावश्यक नागरिक सेवाकालागि मान्य हुनेछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार