लिस्बन।
पोर्चुगलमा थप ३ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ। यो संगै पोर्चुगलमा कोरोना संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ।
संक्रमितहरुमध्ये ८ जनाको अस्पतालमै उपचार भईरहेको छ भने अन्यलाई घरमै आइसोलेसनमा राखिएको छ।
पोर्तुगलमा कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २६ को मृत्यु भएको छ ।
हालसम्म १५ हजार ४७२ संक्रमित भएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
पोर्तुगलमा २३३ जना संक्रमित अस्पतालमा उपचारपछि सामान्य जीवनमा फर्किसकेका छन् ।
महानिर्देशनालयको तथ्याङ्कअनुसार संक्रमितहरुमध्ये ११ सय ७९ लाई अस्पताल भर्ना गरिएको छ भने २२६ जनाको सघन कक्षमा उपचार भईरहेको छ।
















