सुरक्षामा खटिएका प्रहरी कुटिए, एक व्यक्ति पक्राउ

लिस्बन।

पोर्चुगलको गुमेरसमा सुरक्षामा खटिएका एक प्रहरी कुटिएका छन्।

कुटपिटबाट प्रहरी अधिकारीको अनुहार र शरीरभरी चोट लागेको छ। घाइते भएका प्रहरीलाई कोइम्ब्रा अस्पतालमा उपचार गरिएको छ।

सुरक्षामा खटिएका प्रहरीलाई कुटपिट गर्ने २८ बर्षीय युवा पक्राउ परेका छन्। उनि आफु बस्ने नगरपालिकाबाट बाहिर जानखोज्दा प्रहरीले रोकेको थियो।

पोर्चुगलमा संकटकाल लागु गरिएको छ र निस्फिक्री हिडडुल गर्न बन्देज गरिएको छ। इस्टर पर्वमा आफ्नो नगरपालिकाबाट बाहिर जान समेत बन्देज गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार