बार्सिलोना।

युरोपको जर्मनीबाट दिल गुरुङले स्पेनको बार्सिलोनामा रहेका कोरोना पिडितहरू लाई ६०० यूरो बराबरको खाद्यान्न सहयोग गरेका छन् ।
कोरोना माहामारीले आक्रान्त बनेको यति लामो समय बितीसक्दा पनि कही कतै सहयोगको माहौल नदेख्दा खिन्न बनेका गुरूडले ह्याप्पी ईस्टर र नेपाली नयाँ वर्षको अवसरमा विश्वभर कोरोना महामारीको पिडालाई देखेर पिडितहरूलाई उक्त सहयोग गर्ने निर्णय गरेका हुन् ।
कोरोनाले स्पेनको जनजीवनमा पारेको प्रभाव सगै लकडाउनले गर्दा जनसमुदाय घरबाहीर निस्केका छैनन्। स्थिति निकै भयावह बन्दै गएको छ ।
” मैले स्पेनमा सहयोग गरे। यस्तैगरी सबै मनकारी समुदाय र व्यक्तिहरुलाई पनि अन्य देशका पिडीत नेपालीहरूलाई सहयोग गर्न अनुरोध गर्दछु, ” गुरुङले बताए ।
उक्त राहत बार्सिलोना निवासी हाम्रो नेपाल हामी नेपालीका अध्यक्ष सन्त बहादुर क्षेत्री र संचारकर्मी भोला लामिछानेले पिडितहरुलाई आजै वितरण गरेका हुन्।
गुरुङ नेपाली कॉंग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समितीमा आबद्ध छन् । जनसम्पर्क समितीले बनाएको कोरोना पिडित राहत कोषको लागी ५०० यूरो समेत सहयोग गरिसकेका गुरुङले भविष्यमा आवश्यक परेमा पिडीतहरूलाई थप सहयोग गर्ने बताएका छन् ।
लामो समय जर्मनीमा बसोबास गर्दै आएका गुरुङ एनआरएन अभियन्ता समेत हुन् । निकै खरो स्वभावका गुरुङ नेपाली समुदाय र समाजसेवामा रुचि राख्छन् ।
















