लिस्बन।

पोर्चुगलमा मिलेनियम बैंकको शाखामा चोरी गर्दागर्दै एक व्यक्ति पक्राउ परेका छन्।
लोलेमा रहेको मिलेनियम बैंकको सेफ चोर्ने क्रममा उनी पक्राउ परेका हुन्। उनले हजारौ युरो भएको बैंकको सेफ नै चोरी गर्दै थिए।
चोरी गर्ने क्रममा प्रहरी आइपुगे र भाग्दा लडेर घाइते भएपछि उनी पक्राउ परे।
घटना बिहिवार रातिको हो।
चोरी गर्ने ४० बर्षीय ति व्यक्तिलाई जिएनआर प्रहरीले पक्राउ गरी हिरासतमा उपचार भईरहेको छ।
उपचार पश्चात् उनीमाथि चोरी डकैतीको मुद्दा अदालतमा चलाईनेछ।
















