लिस्बन ।

लिस्बनका लागि अवैतनिक नेपाली वाणिज्यदूतावासले कोरोना महामारीबाट स्वास्थ्य समस्या तथा आकस्मिक आपत विपतमा परेका नेपालीलाई सहयोग र परामर्श गर्न २४ घण्टा हेल्पलाइन शुरु गरेको छ।
कन्सुलेटको कार्यालयले यसघि नै २१ मार्चमा एक सूचना जारी गर्दै पोर्चुगलको सरकारले जारी गरेको आपत्कालीन घोषणाको आचारसंहिता पालना गरी सुरक्षित रहन र सतर्कता अपनाउन अनुरोध गर्दै पोर्तुगलमा रहने नेपालीहरुले सहयोग र परामर्शका लागि मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न सकिने जनाएको थियो ।
पोर्चुगलमा रहेका र आपतमा परेका नेपालीहरुलाई सम्पर्क गर्न अझै सजिलो होस् भन्ने हेतुले वाणिज्यदूतावासले सुलभ मॊबाइल नम्बर ९२०४६३५४७ उपलब्ध गराएको छ। बाणिज्य दुतावासको यो मोबाइल नम्बरमा सहयोगका लागि २४ सै घण्टा सम्पर्क गर्न सकिने दुतावासका प्रतिनिधी मोहन थापाले बताएका छन्।
सिधा सम्पर्क हुन नसकेमा आफ्नो सम्पर्क नम्बर सहित म्यासेज छोड्न बाणिज्य दुतावासले आग्रह गरेको छ।
















