लिस्बन।

पोर्चुगल सरकारले चीनबाट चिकित्सा उपकरण ढुवानी गर्न चार्टर्ड गरिएको दोस्रो विमान आज लिस्बन आइपुगेको छ । पछिल्लो एक हप्ताबाट पोर्चुगलमा स्वास्थ्य सामग्रीहरुमा कमी आएको थियो।
स्वास्थ्य सामग्री ढुवानीमा ७ लाख श्वासप्रवाह संरक्षण मास्क, भाइजर, पीपीइ , पञ्जा आदि रहेका छन्।
चीनमा रहेको पुर्तगाली कूटनीतिक प्रतिनिधिका अनुसार १६ टन स्वास्थ्य सामग्रीहरु चार्टर्ड गरिएको थियो, जसमा पुर्तुगाली राज्यबाट खरीद गरिएको र सहयोग सहितका सामान छन्। यसमा सुरक्षा सुट पनि सामेल छन्, जुन अस्पताललाई नयाँ कोरोनाभाइरस महामारीको लड्न सुसज्जित पार्ने उद्देश्यले राखिएको छ।
चाटर्ड विमान बिहान सबेरै बेइजिङ्बाट उडेको थियो र आज नै बिहान लिस्बनमा अवतरण भयो।
पोर्तुगाली राज्यले मेडिकल उपकरण लोड गर्नका लागि चार्टर्ड गरिएको यो दोस्रो विमान हो ।
गत हप्ता ट्याप विमानले १४४ भेन्टिलेटर , श्वासप्रश्वास संरक्षण मास्क, भाइजर र सुरक्षात्मक सूटहरू पनि ल्याएको थियो जुन राष्ट्रिय स्वास्थ्य प्रणालीको लागि अत्यावश्यक थियो।
















