काठमाडौं ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ ।गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले एनआरएनएले आइतबारदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको हो ।
सङ्घको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने उक्त हेल्पलाइनमा कोरोना महामारीका कारणले अलपत्र परेका, वैदेशिक रोजगारीमा रहेका, अध्ययनका लागि विदेशमा रहेका लगायतले फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन् ।
भाइवर, ह्वाट्सअपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिने सङ्घले जनाएको छ ।
बिहान ८ देखि अपराह्न ५ बजेसम्म ९८४१२८०००५, साँझ ५ देखि राति १२ बजे सम्म ९८०८३१२५५५ र राति १२ देखि बिहान ८ बजेसम्म ९८२३४५८२०४ नम्बरमा सम्पर्क गरी समस्या राख्न सकिने सङ्घका महासचिव हेमराज शर्माले जानकारी दिनुभयो ।
सङ्घले यसअघि नै २४ सै घण्टा स्वास्थ्य हेल्प लाइन सञ्चालनमा ल्याइसकेको छ ।
















