प्रविन धिताल , लिस्बन।

कोरोना महामारीका कारण पोर्चुगल सरकारले ५७० कैदीहरुको बाँकी रहेको जेल सजाय माफी गर्दै रिहा गरेको छ।
जेलहरुमा ठाउँ कमी भएको र कोरोनाको कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले उनीहरु सबै माफी कानुन अन्तरगत रिहा भएका हुन्।
श्रोतका अनुसार लिस्बनमा न्यायिक निर्णयद्वारा १३५ कैदीहरू शनिबार रिहा भएका थिए, आइतबार ६ जना र आज बिहान ३४ जना रिहा भए।
त्यस्तै पोर्तोमा १२० कैदीहरु शनिबार, ५१ जना आइतवार र आज बिहान १७ जनालाई रिहा गरिएको थियो।
एभोरामा शनिबार ३५ जना कैदीहरु , आज बिहान २२ जना रिहा गरियो। कोइमब्रामा शनिवार ४७ जना कैदी र आज बिहान १९ जना कैदी छाडे।
पोन्टा डेलगाडामा शनिबार सात जना बन्दीहरूलाई रिहा गरिएको थियो। २६ जना इस्टर आइतवार र चार जना आज रिहा गरिएको हो ।
















