लिस्बन।

पोर्चुगल सरकारले ईस्टरको समयमा यात्रामा निकै कडाइ गरेको थियो।
अप्रिल ९ देखि १३ सम्म “ईस्टर एट होम” अप्रेशनमा ८७ जनालाई जीएनआर प्रहरीले बिना काम यात्रा गर्नेहरुलाई हिरासतमा लिएको थियो।
हिरासतमा लिईएकाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो। स्वास्थ्य परिक्षण गर्दा हिरासतमा रहेका ८७ जनामध्ये १५ जनामा कोरोना संक्रमण देखिएको जीएनआर प्रहरीले जनाएको छ।
इस्टर अप्रेशनको समयमा पोर्चुगलभरी सर्वसाधारणहरुलाई एक जिल्लाबाट अर्को जिल्लमा जान निषेध गरिएको थियो।
इस्टरको समयमा मान्छेको हुनसक्ने चहलपलह कम गर्न र कोरोना रोकथामका लागि सरकारले आवतजावतमा कडाइ गरेको थियो।
















