दोश्रो बिश्वयुद्ध लडेका सैनिकको १०० औं जन्मदिनमा कोरोना राहत च्यारिटी : आँगनमा हिडेर एक हजार पाउण्ड संकलनको लक्ष्य लिएका क्याप्टेन मूरले ४ मिलियन पाउण्ड च्यारिटी उठाए !

– गणेश पाण्डेय।

दोश्रो बिश्वयुद्ध लडेका एक योद्धाले आफ्नो १०० औं जन्मदिनमा कोरोना राहतका लागि घरकै आँगनमा हिडेर ४ मिलियन पाउण्ड सहयोग संकलन गरिसकेका छन्। एक हजार पाउण्डबाट शुरु भएको उनको लक्ष्य अब ५ मिलियन पाउण्ड च्यारिटी संकलन गर्ने भएको छ।

घरको आँगनमै हिडेर च्यारिटी संकलन :

९९ बर्षे क्याप्टेन टम मूरले आफ्नो १०० औं जन्मदिन अघि घरकै बगैचामा १०० ल्याप्स को लक्ष्य मनाए। उनले आफ्नो १०० औ जन्मदिनमा उक्त ल्याप्स पूरा गर्ने लक्ष्य राखेका छन्।

मूर हरेक दिन आफ्नो बगैचामा बैसाखीको सहयोगले १० ल्याप्स हिड्छन्।

युद्ध भेटिरान मूर अप्रिल ३० तारिख १०० बर्ष पुग्दैछन्। मूरको अनलाइन च्यारिटी पेजमा अहिलेसम्म लगभग ४ मिलियन पाउण्ड भन्दा बढी सहयोग संकलन भईसकेको छ।

उनले संकलित भएको सबै रकम बेलायती स्वास्थ्य संस्था NHS लाई प्रदान गर्नेछन्।

एक हजार पाउण्डबाट शुरु भएर ५ मिलियन पाउण्ड च्यारिटी संकलन गर्ने लक्ष्य :

योर्कसाइरमा बस्दै आएका क्याप्टेन टम मूरले सुरुमा एक हजार पाउण्डको लक्ष्य राखेका थिए। उनले अप्रिल ८ तारिखमा शुरु गरेको च्यारिटीमा २४ घण्टा नबित्दै ७० हजार युरोबढी संकलन भयो। २४ घण्टामै संकलित रकमले उनमा हौसला थप्यो र उनले त्यसपछि एकै पटक च्यारिटी सहयोगको लक्ष्य एक मिलियन युरो राखे।

एक मिलियनको लक्ष्य नाघेर मंगलबार बिहान नै २ मिलियन पाउण्डभन्दा बढी रकम च्यारिटीमा जम्मा भईसकेपछि क्याप्टेन मूरले यसको लक्ष्य अहिले ५ मिलियन पाउण्ड बनाएका छन्।

“हाम्रा बहादुर नर्सहरू र डाक्टरहरू कोरोना महामारीको यस अवस्थामा फ्रन्टलाइन छन् … यस पटक हाम्रो सेना डाक्टरहरू र नर्सहरूको वर्दीमा छन् र उनीहरूले अद्भुत काम गरिरहेका छन्,” मूरले भने।

मुरले भने “यो लगभग अविश्वसनीय हो। तर जब तपाइँ यो कसको लागि हो भनेर सोच्नुहुन्छ, र तिनीहरू सबै यति साहसी छन् … मलाई लाग्छ कि तिनीहरू यसको हरेक पैसाको योग्य छन्।”

सन् १९४० मा अधिकारी प्रशिक्षणको लागि छानिएपछि मूरले दोश्रो बिश्वयुद्दमा बेलायतको सेवा गरे। दोश्रो बिश्वयुद्धताका उनको भारत र सुमात्रामा पोस्टिंग पूरा गरे । त्यसपछि उनी बोभिंगटनको एक बख्तरबन्द लडाई वाहन स्कूलमा प्रशिक्षकको रूपमा काम गर्न फर्के।

बेलायती स्वास्थ्यसेवा NHS को प्रशंसा :

“हाम्रा बहादुर नर्सहरू र डाक्टरहरू कोरोना महामारीको यस अवस्थामा फ्रन्टलाइन छन् … यस पटक हाम्रो सेना डाक्टरहरू र नर्सहरूको वर्दीमा छन् र उनीहरूले अद्भुत काम गरिरहेका छन्,” मूरले भने।

मुरकी पत्नी धेरै वर्षदेखि बिरामी थिइन् र २००६ मा उनको मृत्यु भयो। जबकि मूरलाई भाँचिएको हिप र छालाको क्यान्सरको उपचार निरन्तर भईरहेको छ , जसले गर्दा उनको एनएचएससँग नजिकको सम्बन्ध छ।

क्याप्टेन नूर आफ्नो १०० बर्षदिनमा एनएचएसलाई सहयोग गर्न पाएकोमा दंग छन्।

क्याप्टेन टम मूर ” तपाईलाई सताब्दी जन्मदिनको लाखौ लाख शुभकामना ”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार