बागलुङमा चट्याङले १४ जना घाइते

बागलुङ ।

जिल्लामा पछिल्लो केही दिनयता चट्याङ लागेर घाइते हुनेको संख्या बढेको छ ।

हिजो मात्रै जिल्लाका विभिन्न स्थानमा परेको चट्याङ लागेर ६ जना घाईते भएका छन् ।

उनीहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

सोमबार साँझ पनि काठेखोला गाउंपालिका–७ रेशमा चट्याङ लागेर ३ जना गम्भीर घाइते भएका थिए ।

यस्तै गत बिहिबार चट्याङ लागेर १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।

यस वर्ष चट्याङ लागेर घाइते हुनेको संख्या १४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार