लण्डन।

लण्डनमा अर्का एक भूपू गोर्खाको सैनिकको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ।
पश्चिम नेपाल स्याङ्जामा जन्मिएका पोखरा लेकसाइड ठाडा पसलका र हाल लन्डनमा स्थायी बसोबास गर्दै आएका पूर्व गोर्खा शैनिक लक्ष्मण श्रेष्ठको मृत्यु भएको कुरा सामाजिक अभियन्ता बोज राज बरालले पुष्टी गरेका छन् ।
श्रेष्ठ कोरोना संक्रमित भएपछि गत दुई सातादेखि लन्डन स्थित गाइज हस्पिटलमा उपचार गराईराखेका थिए। उपचारकै क्रममा कोरोना भाइरससंग जुध्दाजुध्दै अस्पतालमा उनको निधन भएको हो।
















