डढेलोले वन सखाप

मोरङ ।

जिल्लाको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा दिनहुँ जस्तो डढेलो लाग्ने क्रम बढेको छ ।

एक महिनाको अवधिमा मात्र १ सय १० हेक्टर वन क्षेत्रमा आगालागी भएको छ ।

डढेलोका कारण करोडौं मूल्यको काठ, जडिबुटी, वनस्पति, वन्यजन्तु तथा पन्क्षीमा समेत क्षति पुगेको छ ।

लकडाउनको मौका छोपेर काठ र वन्यजन्तु सिकार गर्न गएका व्यक्तिले डढेलो लगाउने गरेको पाइएको छ ।

लक डाउनका समयमा पनि दिनहुँ वन क्षेत्रमा लाग्ने गरेको डढेलोका कारण स्थानीय वन उपभोक्ताहरुलाई भने डढलो नियन्त्रण गर्न हम्मे हम्मे पर्ने गरेको छ ।

सरकारी तथ्याङ अनुसार लकडाउनको अवधिमा जिल्लामा रहेका ११ वटा सामुदायिक र ३ वटा साझेदारी वनमा डढेलोले ठूलो क्षेत्रफलमा रहेको वनमा नोक्सानी भएको छ ।

मोरङमा ४५ हजार हेक्टरमा वन क्षेत्र फैलिएको छ । जसमा १ सय ३४ सामुदायिक, ४ साझेदारी र १२ वटा सामुदायिक वन अहिले रहेका छन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार