प्रविन धिताल , लिस्बन ।

लिस्बनको आरोइसस्थित होस्टेलमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि हिजो मात्रै दिनभरी लगाएर त्यहाँबाट २०० जनाको उद्धार गरिएको थियो। उद्धार गरिएका २०० जनामा कोरोना परिक्षण गर्दा १३८ जना संक्रमित भएको पुष्टि भएको छ।
राजधानी लिस्बनको आरोइसमा रहेको आकीबोम होस्टेल नामक उक्त गेष्टहाउसमा जम्मा ४० कोठाहरु रहेका छन्। ४० कोठामा २०० जना व्यक्तिहरु कसरी राखिए, स्थानीय अधिकारीहरु नै चकित परेका छन्।
लिस्बनमा एरोइओस पेरिस काउन्सिलकी अध्यक्ष मर्गरिता मार्टिन्सले भनिन् , ” ४० कोठाको होस्टेलमा २०० जनाभन्दा बढी मान्छे राख्नु असम्भव हो , हामी यसका संचालक बिरुद्द कानुनी प्रक्रिया अगाडी बढाईरहेका छौ। ”
उक्त होस्टेलमा बसेका एक व्यक्तिमा कोरोन संक्रमण देखिएपछि हिजै मात्रै बिहान ७ बजेबाट त्यहाँ रहेका सबै २०० जनाको प्रहरी र स्वस्थ्यकर्मीको सहयोगमा उद्धार गरिएको थियो।
आकीबोम होस्टेलबाट संक्रमितलाई उद्धार गरेपछि आइसोलेशनमा राखिएको थियो भने उद्धार गरिएका दुई सय जनालाई अन्यत्र सारेर कोरोना भाइरसका लागि स्वास्थ्य परिक्षण गरिएको थियो।
रुवा मोरैस सोरेसमा रहेको एरोइओसको पेरिशमा रहेको होस्टल अहिले निरक्षणको लागि सिल गरिएको छ।
















