लिस्बन।

पोर्चुगलमा कोरोना भाइरसको संक्रमण देखिएपछिको अवस्थामा पहिलो पटक मृतकहरुको संख्याभन्दा निको हुनेको संख्या बढी भएको छ। यसले पोर्चुगलमा कोरोना संक्रमणको रोकथाम र उपचारमा निकै सकारात्मक संकेत देखिएको छ।
पोर्चुगलमा एकैदिन ३०७ जना संक्रमित उपचार पश्चात् निको भएर घर फर्किएका छन्। यो संगै रिकभर हुनेको संख्या ९१७ पुगेको छ , जब कि हिजोसम्म यो संख्या जम्मा ६१० थियो।
पछिल्लो २४ घन्टामा २७ जनाले कोरोन संक्रमणका कारण ज्यान गरेको छ। यो संगै हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ७६२ पुगेको छ।
पोर्चुगलमा हालसम्म कोरोनाबाट २१ हजार ३७९ जना संक्रमित भएका छन्। पछिल्लो एक दिनमा ५१६ संक्रमित भएका छन्।
संक्रमितहरुमध्ये एक हजार १७२ जनाको मात्रै असपतालमा उपचार भईरहेको छ। अस्पतालमा भर्ना भएका संक्रमितहरुमध्ये २३१ सिकिस्त छन् र उनीहरुको सघन कक्षमा उपचार भईरहेको स्वास्थ्य महानिर्देशनालायले जनाएको छ।
पाँच हजार नौ जनाको स्वास्थ्य परिक्षण भयिसकेको र ल्याबको रिजल्टको पर्खाइमा छन्।
स्वास्थ्य महानिर्देशानालयका अनुसार २ लाख २ हजार ७६९ मा कोरोना संक्रमण हुनसक्ने अनुमान गरिएको छ।
















