सिएम, लिस्बन।

पोर्चुगलको राजधानी लिस्बन नजिकैको एक म्याकडोनाल्ड रेस्टुरेन्टमा काम गरिरहेका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पुरै रेस्टुरेन्ट नै सिल गरिएको छ।
कर्नाक्साइड ओइरासमा अवस्थित उक्त म्याकडोनाल्डमा कार्यरत अन्य सबै कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ।
क्वारेन्टाइनमा राखिएका सबै कर्मचारीको स्वास्थ्य परिक्षण गरिदैछ।
काम गरिरहेका रेस्टुरेन्ट कर्मचारीमा कोरोना संक्रमण देखिएको यो पहिलो घटना हो।
उक्त रेस्टुरेन्ट अहिले अधिकारीहरु द्वारा गहन कीटाणुशोधन भइरहेको छ।
















