वेलायतमा कोरोनाले २२ जना नेपालीको ज्यान गयो !

लण्डन ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण वेलायतमा ज्यान गुमाउने नेपालीको संख्या २२ पुगेको छ।

नेपाली दूतावास लण्डनका अनुसार विहीवार थप दुई नेपालीले ज्यान गुमाए पछि कोरोना भाइरसका कारणबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको हो ।

कोरोनाका कारण नेपालीहरुको संख्या बढ्दै गएपछि बेलायतको नेपाली समुदाय चिन्तित र त्रसित भएको छ।

बेलायतस्थित नेपाली दुतावासले नेपाली समुदायलाई आफ्नो स्वास्थ्यप्रति चनाखो हुन आग्रह गरेको छ।

दुतावासले वेलायत सरकारले दिएको स्वास्थ्य सम्वन्धी गाइडलाइन पूर्ण रुपमा पालना गर्न सबै नेपालीमा आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार