पोर्चुगल : मिलफ़ोन्तोसमा कोरोनाको लक्षण देखिएपछि एक नेपालीको घरबाटै उद्धार , अन्य ३ नेपाली सहित् ५ जना क्वारेण्टिनमा

लिस्बन।

पोर्चुगलको राजधानी लिस्बनदेखि करिब १९० किलोमिटर दक्षिणमा पर्ने मिलफ़ोन्तोसमा एक जना नेपालीमा कोरोनाको लक्षण देखिएपछि आजै अस्पतालमा भर्ना भएका छन्।

अस्पताल लगिएका नेपाली एक साताभन्दा बढी समयसम्म ज्वरोले ग्रस्त थिए। २-३ दिनदेखि उनमा स्वास प्रस्वासमा पनि समस्या देखिएपछि आज SNS24 मा सम्पर्क गर्दा घरमै एम्बुलेन्स आएर उनलाई अस्पताल लागिएको हो। अस्पताल श्रोतका अनुसार उनमा कोरोना टेस्ट गरिएको छन् भने भोलिसम्म ल्याबको नतिजा आउनेछ।

त्यस्तै उनीसंगै एउटै कोठामा बस्ने अन्य ३ जना नेपालीहरुमा कुनै पनि लक्षणहरु देखिएका छैनन्, तर पनि उनीहरुलाई दुई हप्ताको लागि क्वारेण्टिनमा राखिएको छ। उनीहरुकै सम्पर्कमा भएका छिमेकी २ जना पोर्चुगिज नागरिकलाई पनि क्वारेण्टिनमा राखिएको छ।

अस्पताल भर्ना भएका नेपाली मार्चको पहिलो सातामात्रै माल्टाबाट पोर्चुगल आएका थिए भने क्वारेण्टिनमा भएका अन्य ३ जना नेपाली करिब ४ महिना पहिले पोर्चुगल आएका बुझिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार